मोटरसाइकल र चालक दुईटा,नम्बर प्लेट एउटा

मोटरसाइकल र चालक दुईटा,नम्बर प्लेट एउटा

आज बिहान राजधानीको सडकमा एउटै नम्बर प्लेटको मोटरसाइकल एकैसाथ गुडेको भेटिएको छ । मध्य असारको बिहान परेको झरीले अधिकांश सडक चिप्लो छ । सवारी साधनका चालक र पैदल यात्रु दुवैथरिले जोगिएर हिँड्नुपर्ने बाध्यता एकातिर छ । अर्कोतिर एउटै नम्बर प्लेटको सवारी साधन दुई वटा गुडेपछि कथमकदाचित दुर्घटना भएको बखत कसलाई जिम्मेवार बनाउने ?

बिहान गौशालाको सडकमा रोकिएका ती मोटरसाइकल चालक दुवैजना आफ्नो सवारीसाधनको नम्बर अर्कोसँग मिलेको देखेपछि छक्क परेका थिए । यस्तो कसरी हुन्छ ? कसैले नियतवशः नम्बर प्लेट फेरेर गुडाएको अवस्थामा ऊ नै दोषी देखिन्छ । तर,सम्बन्धित यातायात कार्यालयबाटै दुई वटा मोटरसाइकलको निम्ति एउटै नम्बर जारी भएको हो भने त्यो गम्भीर त्रुटी हुने ट्राफिक प्रहरीको भनाइ छ ।

टिप्पणीहरू