वर्षाले जताततै डुबान, हल्दीबारीका विद्यालय बन्द

वर्षाले जताततै डुबान, हल्दीबारीका विद्यालय बन्द

केही दिनदेखि लगातार परिरहेको पानीले बाटोघाटो डुबानमा परेपछि झापाको हल्दीबारी गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अधिकांश पुल तथा बाटो डुबानमा परेर आवतजावतमा समस्या भएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्म विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको छ ।

‘अधिकांश पुल तथा बाटोघाटो डुबानमा परी आवतजावत गर्ने कार्यमा समेत अवरोध सृजना भएकाले यस गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थी एवम् अभिभावक र सबै सरोकारवालाको सुरक्षालाई ध्यानमा राखी अर्को सूचना जारी नभएसम्म पठनपाठन बन्द गर्न निर्णय भएको छ,’ परिपत्रमा उल्लेख छ ।

त्यसैगरी, पालिकाले सबैलाई अविरल वर्षाबाट उत्पन्न हुनसक्ने जोखिमप्रति सचेत रहन आग्रह गर्दै सावधानी अपनाउन भनेको छ ।

टिप्पणीहरू