बाँधको ढोका खोल्ने भारत, सावधानीको सूचना जारी गर्ने नेपाल

बाँधको ढोका खोल्ने भारत, सावधानीको सूचना जारी गर्ने नेपाल

भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलेको छ । उक्त परियोजनाको बाँध बिहान ५ बजे खोलिएको हो ।

भारतले नेपाली प्रशासनलाई ड्याम साइटमा ‘सिल्ट फ्लसिङ्ग’ गर्न लागिएको भन्दै बाँधको ढोका आज खोलिने जानकारी हिजो दिएको बताइन्छ ।

धौलीगंगा जलविद्युत परियोजनाले बाँधको ढोका खोलेपछि महाकाली नदीको सतह बढेको छ । ‘नेपाल बाढी सूचना’ ले हिजो साँझ जारी गरेको सूचनामा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सूचनामा भनिएको छ, ‘महाकाली जलाधारका केही स्थानमा आज राति भारी वर्षा भई नदीमा बहाव बढ्ने पूर्वानुमान रहेको र स्लाइट फ्लसिङ गर्दा एक्कासी बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा भोलि बिहान ५ बजेदेखि सतर्कता अपनाऔँ ।’

टिप्पणीहरू