हिजो साँझ बालुवाटारमा प्रमुख निर्वाचन आयुक्तको १० मीनेट…
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया हिजो साँझ एकाएक बालुवाटार पुग्नुभयो । उहाँलाई अघिल्लै दिन प्रधानमन्त्रीको निजी सचिवालयले शुक्रबार साँझको समयमा प्रधानमन्त्रीले भेट्न खोज्नुभएको खबर गरेकाले थपलिया घरबाट बालुवाटार जानुभएको हो ।
साँझ पर्न लाग्दा बालुवाटार पुग्नुभएका प्रमुख आयुक्तले प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासँग झण्डै १० मीनेट कुरा गर्नुभएको बताइन्छ । उहाँहरुबीच मूलतः आगामी निर्वाचनको मितिबारे छलफल भएको हो । सोही क्रममा प्रधानमन्त्रीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्न अनौपचारिक रुपमा आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्रीको चाहना र निर्देशनबमोजिम चुनावको मितिबारे निर्णय गर्न सम्भवतः भोलि आयोगको बैठक डाकिने स्रोतले बताएको छ । भोलि वा पर्सिसम्म आयोगले सरकारलाई प्रदेश तथा संघीय निर्वाचनको मिति सिफारिस गर्ने सम्भावना बढेको हो ।
टिप्पणीहरू