प्रहरीको मीठो आदेश : कसैलाई २४ घण्टामा छाड,कसैलाई त्यता हिंड्दै नहिँड
नेपाल प्रहरीले सरुवा भएका केही प्रहरी कर्मचारीलाई २४ घण्टाभित्र साविक कार्यालय छाड्न आदेश दिएको छ । तर,त्यहि आदेशको पुछारमा अरुलाई भनेनअहिले रमाना नलिन वा आदेश कार्यान्वयन नगर्न भनिएको छ ।
प्रहरी नियमावली २०७१ को नयाँ व्यवस्थाअनुसार बढुवा/पदस्थापन भएका वरिष्ठ नायव निरीक्षक,वरिष्ठ हवल्दार,सहायक हवल्दार तथा स्वीकृत नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकन प्रतिवेदन २०७८ बमोजिम नयाँ संरचनाअनुसार प्रहरी कार्यालय र प्रहरी कर्मचारीहरुको दरबन्दी मिलान कार्य सम्पन्न भएको थियो ।
त्यसपछि बढुवा,पदस्थापन, सरुवा,काज अवधी समाप्त भएका सम्पूर्ण कर्मचारीहरुलाई २४ घण्टाभित्र तोकिएको दरबन्दीमा रमाना गर्न हिजो दिउँसो सवा ३ बजे सबै कार्यालयमा जानकारी गराइयो ।
प्रधान कार्यालयको प्रशासन शाखाले उक्त जानकारी महानिरीक्षकको सचिवालय,सबै विभाग, निर्देशनालय,ब्यूरो, महाशाखा,शाखाहरु, प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज,उपत्यका प्रहरी कार्यालय,प्रदेश प्रहरी कार्यालय सबैमा पठायो ।
नयाँ परिपत्रअनुसार भर्खर स्थापना भई सञ्चालन हुन बाँकी ३२ वटा कार्यालयमा दरबन्दी भएका प्रहरी कर्मचारीहरुलाई सरुवा हुन रोक लगाइएको छ । हिजोको जानकारीमा भनिएको छ, ‘अर्को आदेश नभएसम्मको लागि रमाना नगर्न, नगराउनहुन अनुरोध ।’
टिप्पणीहरू