अर्थमन्त्री शर्माले राजीनामा दिनुभयो
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
अर्थमन्त्री शर्माले संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको बताउनुभएको छ । साथै उहाँले आफूले गल्ति नगरेको तर नागरिक समाज, बुद्धिजीवी, विद्यार्थीलगायतको धारणालाई सम्मान गर्दै पद छोड्ने निर्णय गरेको पनि बताउनुभएको छ।
टिप्पणीहरू