श्रममन्त्री भेट्न आइएलओका निर्देशक सिंहदरबारमा
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डबीच भेटवार्ता भएको छ । मन्त्री भेट्न हवार्ड आज सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए ।
भेटमा श्रम क्षेत्र व्यवस्थित बनाउने उपाय र श्रमिकको न्यायका विषयमा कुराकानी भएको बताइएको छ । आइएलओले नेपालको श्रम व्यवस्थित बनाउन र सामाजिक सुरक्षासम्बन्धी योजनाहरूमा गरेको सहयोगका लागि मन्त्री कुँवरले धन्यवाद दिएको बताइएको छ ।
आइएलओका निर्देशक डा. हवार्डले नेपाललाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेको मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू