माधव नेपालद्वारा एमालेसङ्ग सहकार्यको प्रसंग

माधव नेपालद्वारा एमालेसङ्ग सहकार्यको प्रसंग

नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपालले बुटवल पुगेर दुई वटा राजनीतिक कुरालाई जोडतोडका साथ उठाउनुभएको छ । उहाँले पाँचदलीय गठबन्धनको निरन्तरता र एमालेसङ्ग सहकार्यको कुरा गर्नुभएको हो ।

समाजवादी प्रेस संगठनले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले पाँचदलीय गठबन्धन आगामी संघीय निर्वाचनसम्म कायम रहने प्रतिबद्धता जनाउनुभएको छ ।

एक अर्को प्रसंगमा उहाँले आफ्नो पार्टी गठनपछि एमालेले बन्द गरेको सहकार्यको ढोका अझै नखुलेको बताउनुभयो । उहाँको भनाइ थियो, ‘एमालेले वामपन्थी सहकार्य भने पनि एकीकृत समाजवादीको गठनपछि अहिलेसम्म त्यो ढोका खुल्न सकेको छैन ।’

टिप्पणीहरू