इच्छाराजद्वारा डिभोर्सपछि अंशबण्डा,छोरीले हालिन् बाबुलाई मुद्दा

इच्छाराजद्वारा डिभोर्सपछि अंशबण्डा,छोरीले हालिन् बाबुलाई मुद्दा

बैंकर,घरजग्गा व्यवसायी तथा एमालेको तर्फबाट संविधान सभा सदस्य इच्छाराज तामाङले सम्पत्ति जोगाउन केही वर्षअगाडि नै श्रीमती सिर्जना शाक्यलाई डिभोर्स दिएका थिए । एउटै घरमा बस्दै आएका उनीहरुले कागजी रुपमा मात्रै सम्बन्धविच्छेद गरेका हुन् ।

तामाङ गत असोजदेखि प्रहरी नियन्त्रणमा र पुसदेखि जेलमा छन् । अहिले भने तामाङ र शाक्यबीच कानुनी मात्र नभएर व्यवहारिक हिसाबले नै सम्बन्धविच्छेद भएको छ । १० महिनादेखि श्रीमान जेलमा छन् भने श्रीमती भूमिगत छिन् ।

दुई हजार बढी सर्वसाधारणलाई महँगो ब्याजदरको लोभमा सात अर्बभन्दा बढी ठगेका इच्छाराजले अहिले नयाँ फण्डा निकालेका छन् । आउँदो बिहीबारका निम्ति तामाङ र उनका जेठान तथा सिभिल सहकारी एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध उच्च अदालत पाटनमा ठगिएकाहरुले हालेको मुद्दाको पेसी थियो । तर अहिले साप्ताहिक पेसी सूचीमा उक्त मुद्दा नदेखिएपछि उनीहरुले अनेक आशंका गरेका छन् ।

“पहिलेको मुद्दा नम्बर ०७८–आरई–१५४० को सट्टा नयाँ मुद्दा देखिन आएको हो । पीडितहरुले दायर गरेको मुद्दाको ठाउँमा गत फागुन २ गते छोरी प्रतिक्षा तामाङले आफ्ना बाबु इच्छाराजविरुद्ध हालेको मुद्दा अहिले साप्ताहिक पेसीमा चढेको छ”

इच्छाराज र केशवलालविरुद्ध पीडितहरुले दायर गरेको मुद्दाको सट्टा अहिले अर्कै मुद्दा देखिएको बताइन्छ । पहिलेको मुद्दा नम्बर ०७८–आरई–१५४० को सट्टा नयाँ मुद्दा देखिन आएको हो । पीडितहरुले दायर गरेको मुद्दाको ठाउँमा गत फागुन २ गते छोरी प्रतिक्षा तामाङले आफ्ना बाबु इच्छाराजविरुद्ध हालेको मुद्दा अहिले साप्ताहिक पेसीमा चढेको छ ।

२८ वर्षकी छोरी प्रतिक्षाले उच्च अदालत पाटनमा बाबुसँग अंश माग्दै मुद्दा हालेकी हुन् । सुन्धाराको सिटिसी मलसँग सम्बन्धित हालिएको मुद्दाको भित्री चाहना अर्कै हुनसक्ने आशंका गरिएको छ । इच्छाराज र छोरीले सिभिल सहकारीको ऋण नतिर्ने प्रपञ्चमा मिलेमतोमा मुद्दा दायर गरेको धेरैको अनुमान छ ।

यसअघि तामाङले प्रहरी र अदालतसमक्ष दिएको बयानमा पनि छोरीलाई अंश दिइसकेको लिखित बयान दिएका थिए । उनले सवाल नम्बर १० को जवाफ दिँदै भनेका थिए,‘मैले बुबाको भाइ एक जना र बुबाबीच हालसम्म पनि अंशबण्डा नभएको कारणले र म बुबासँग अंश नलिई छुट्टिएर ३५ वर्षदेखि आफूले नै बन्दोबस्त गरिआएको छु । सोही कारण मैले श्रीमती र छोरीहरुलाई अंशबण्डा गरिदिएको हो ।

टिप्पणीहरू