सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको नाम सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थीको नाम सार्वजनिक गरेको हो ।
सामुदायिक विद्यालयका माध्यमिक तह कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरुलाई विपन्न लक्षित छात्रवृत्ति दिने प्रयोजनका लागि कक्षा ८ र १० का विद्यार्थीलाई प्रोष्ट मिन टेस्टिङ फाराम भर्न केन्द्रले गत फागुन १ गते सूचना जारी गरेको थियो । विद्यालयहरुले पठाएको फारामका आधारमा विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थी छुट्याइएको हो ।
कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीको पिएमटी फारम भर्न केन्द्रले सूचना जारी गरेको र सोहीबमोजिम विद्यालयहरुबाट प्राप्त फारमको विश्लेषण गरी उनीहरुको नामावली प्रकाशित गरिएको बताइएको छ ।
टिप्पणीहरू