श्रीलंकामा ४४ वर्षपछि संसदीय प्रक्रियाबाट राष्ट्रपति छानिँदै
श्रीलंकामा ४४ वर्षपछि भोलि ससदबाट राष्ट्रपति चयन गर्न लागिएको छ । सन् १९७८ देखि निवर्तमान राष्ट्रपति गोटाबाया राजपाक्षेसम्म जनताको प्रत्यक्ष मतदानबाट राष्ट्रपति निर्वाचित भएका थिए ।
२ सय २५ सदस्यीय सदनबाट बहुमतको आधारमा भोलि श्रीलंकाले नयाँ राष्ट्रपति पाउने भएको हो ।
निवर्तमान राष्ट्रपति गोटाबाया मुलुक छाडेर अन्यत्र मुलुक गएपछि नयाँ राष्ट्रपति चयनको प्रक्रिया अघि बढेको हो ।
राष्ट्रपतिको प्रतिस्पर्धामा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे छन् । श्रीलंका पोदुजाना पेरामुनाका नेता दुल्लास अल्हाप्परुमा रनिलको प्रतिस्पर्धी देखिएका छन् । त्यस्तै जनता विमुक्ति पेरामुनाका नेता अनुरा कुमारा पमीले पनि राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धामा उम्मेदवारी दिएका छन् ।
विपक्षी दल समगी जन बलवेगयाका नेता सजिथ प्रेमादासले भने राष्ट्रपतिको उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
टिप्पणीहरू