महालक्ष्मी नगरपालिकाले भन्यो ‘शिक्षकले राजनीति गर्न पाईंदैन’

महालक्ष्मी नगरपालिकाले भन्यो ‘शिक्षकले राजनीति गर्न पाईंदैन’

धनकुटाको महालक्ष्मी नगरपालिकाका शिक्षकहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने भएका छन् ।

नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई परिपत्र गर्दै शिक्षकहरु राजनीतिमा संलग्न हुन नपाउने निर्णय भएको जानकारी गराएको हो ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

पछिल्लो समय शिक्षकहरु अध्यापनभन्दा राजनीतिमा बढी सक्रिय भएको नगरपालिकाको ठहर छ ।

टिप्पणीहरू