राजधानीका सडकमा दुई हजार चालक कारवाहीमा
ट्राफिक प्रहरीले एकै दिन ट्राफिक नियम उल्लंघन गरेका १९ सय ४१ जना चालकमाथि कारबाही गरेको छ । हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५४ जना, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १३ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०० जना र लेन उल्लंघन गर्ने ६५ जना हुन् ।
त्यस्तै, रातो बत्तीको उल्लंघन गर्ने ६५ जना, ढोका खुल्ला राखेर सवारी चलाउने ७४ जना, बिग्रको सवारी साधन चलाउने ३२ जना, क्षमताभन्दा बढी यात्रु राख्ने २३ जना र तीब्र गतिमा सवारी साधन चलाउने ८१ जना चालक पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
टिप्पणीहरू