नागरिकता दिनुअघि अन्तर्वार्ता लिनुपर्ने
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले नेपालमा जन्मेका आधारमा नागरिकता दिनुअघि अन्तर्वार्ता लिनुपर्ने प्रस्ताव गरेको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भएकाले अन्तर्वार्तापछि मात्रै नागरिकता दिनुपर्ने प्रस्ताव गरेका हुन् ।
‘नेपालमा जन्मेर मात्रै हुँदैन,नेपाली भाषा,कला संस्कृति पनि बुझेको हुनुपर्छ,उसले देशप्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले भने, ‘अमेरिकामा ३ बर्षपछि र बेलायतमा ६ बर्षपछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० बर्ष बसेकाले मात्रै नागरिकता दिने ब्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तवार्ता दिनुपर्छ ।’
बैठकमा सरकारले पेश गरेको नागरिकता बिद्येयकका बारेमा छलफल चलिरहेको छ ।
टिप्पणीहरू