अछाममा पहिरो : एकै परिवारका तीन जना पुरिए

अछाममा पहिरो : एकै परिवारका तीन जना पुरिए

अछामको तुर्माखाँद गाउँपालिका २, भुलुमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । गएरातिको पहिरोमा पुरिँदा सुतिरहेका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति १ बजेतिर अमर विष्टको घर पुरिँदा घरमा सुतिरहेका उनका भाइ वीरेन्द्र विष्ट, छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको निधन गएको हो । नैना विष्ट गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । अहिले स्थानीय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।

यता, गृहमन्त्री बालकृष्ण खाँणले तुर्माखाँदमा पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिँदै राहत र उद्धारको निम्ति सम्बन्धित निकायलाई निर्देशन दिनुभएको बताइएको छ । उहाँले अछामका सिडियो विश्वराज मरासिनी र डिएसपी नारायण डाँगीलाई घाइतेको यथाशीघ्र उपचार र तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

टिप्पणीहरू