च्याउको तरकारी खाएपछि हमाल परिवार सिकिस्त
जुम्लाको तिला गाउँपालिकामा जंगली च्याउको तरकारी खाएका एकै घरका चार र अर्का एक जना बिरामी भएका छन् ।
बिरामी पर्नेमा तिला–३ का लक्ष्मीबहादुर हमाल, उनकी पत्नी राममाया हमाल, छोरीहरु दर्शना हमाल, सम्झौता हमाल र हमालको घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९, रोकायाबाडाका लालबहादुर रोकाया हुन् ।
उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
उनका अनुसार हमाल परिवारले हिजो साँझ जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए । त्यसपछि उनीहरुलाई रिंगटा लाग्ने र बान्ता भएपछि राति नै अस्पताल लगिएको हो ।
उनीहरुले जंगलबाट कुन प्रजातिको च्याउ ल्याएर खाए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू