संविधान संशोधन हुनै नसक्ने धार्मिक ग्रन्थ होइन: गृहमन्त्री खाँण

संविधान संशोधन हुनै नसक्ने धार्मिक ग्रन्थ होइन: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताउनु भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।

गृहमन्त्री खाँणले ‘संविधान देशको गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन । संशोधन हुनै नसक्ने कुनै पनि धारा उपधारा छैन,’ भन्नुभएको हो । उहाँका अनुसार आवश्यकताअनुसार संशोधन गर्दै जान सकिन्छ ।

नागरिकताविहीन नागरिकलाई आफ्नो पहिचान प्राप्त गर्न केही प्रावधान खुकुलो बनाइएको बताउँदै सोहीअनुसार विधेयक ल्याइएको उहाँको दाबी छ । अघिल्लो सरकारले ल्याएको अध्यादेशकै आधारमा अहिलेको नागरिकता सम्बन्धी विधेयक प्रस्तुत गरिएको पनि उहाँको भनाइ छ ।

टिप्पणीहरू