धनी ब्यापारीको घरमा छापा,अवैध कल सेन्टरबाट तीन दर्जन चिनियाँ पक्राउ,आठ महिला

धनी ब्यापारीको घरमा छापा,अवैध कल सेन्टरबाट तीन दर्जन चिनियाँ पक्राउ,आठ महिला

राजधानीमा अवैध कल सेन्टर सञ्चालन गरेको अभियोगमा ३६ जना चिनियाँ पक्राउ परेका छन् । सिनामंगल तीनकुने नजिकै गैरीगाउँस्थित उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरज बैध्यको घरमा चिनियाँले सञ्चालन गरेको स्काई वर्ल्ड सर्भिस प्रा.लि.बाट उनीहरुलाई समातिएको हो ।

पक्राउ परेका ३६ जनामध्ये २८ जनालाई सोधपुछको निम्ति नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ भने आठ जनालाई गौशाला प्रहरी बृत्तमा लगिएको छ । गौशाला लगिएका सबै महिला हुन् ।

उनीहरुले कल सेन्टरबाट साइबर अपराध गरेको सूचनाको आधारमा नेपाल प्रहरी,नगर प्रहरी, प्रहरी वृत्त गौशाला र बानेश्वरले संयुक्त अपरेशन चलाएको थियो ।

उक्त स्थानबाट प्रहरीले नगद आठ लाख २९ हजार पाँच सय ८५, ल्यापटप तीन सय ६१ थान,सीपीयु सात सय ५५ थान,मनिटर डेस्कटप छ सय ५ थान, सि.सि.टि.भि मनिटर एक थान डिभिआरसहित बरामद गरेको छ ।

टिप्पणीहरू