दूरसञ्चार प्राधिकरणमा पनि कालो तुल टाँगियो, सेटिङमा कार्यालय सारिएको कर्मचारीहरुको आरोप

दूरसञ्चार प्राधिकरणमा पनि कालो तुल टाँगियो, सेटिङमा कार्यालय सारिएको कर्मचारीहरुको आरोप

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु चार बुँदे मागसहित आन्दोलनमा उत्रिएका छन् । नेपाल दुरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनले हिजोदेखि राष्ट्रिय नाचघर जमलमा रहेको कार्यालयमा आन्दोलन थालेको हो ।

प्रतिकूल कार्य वातावरण र स्थानका कारण स्वास्थ्यमा गम्भीर असर परेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले चार बुँदे माग राखेका छन् ।

मागमा श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीलाई पर्याप्त शुद्ध हावा, प्रकाश एवंम् उपयुक्त तापक्रमसहितको कार्यकक्ष हुनुपर्ने, यूनियनको तर्फबाट २०७८ पुष २ मा पेश भएका मागहरु पूरा गर्नुपर्ने, कर्मचारीहरुलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बीमासँग तत्काल आबद्ध गरिनुपर्ने र आधारभूत मापदण्ड समेत पूरा नभएको स्थानमा कार्यालय स्थानान्तरण गर्ने निर्णयमा संलग्न पदाधिकारी र समितिउपर कारबाही हुनुपर्ने उल्ले छ ।

टिप्पणीहरू