अस्पतालबाट निस्कनेबित्तिकै नयाँ दिल्लीमा प्रधानमन्त्री पत्नीको राजनीतिक दौड

अस्पतालबाट निस्कनेबित्तिकै नयाँ दिल्लीमा प्रधानमन्त्री पत्नीको राजनीतिक दौड

उपचार क्रममा भारतको नयाँ दिल्लीमा रहनुभएकी प्रधानमन्त्री पत्नी डा. आरजु राणाले राजनीतिक भेटघाट थाल्नु भएको छ । उहाँले आज भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गर्नुभएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएकी आरजुले चौथाइवालेसँग भेटेर राजनैतिक सक्रियता बढाएको सन्देश दिनुभएको हो ।

आइतबार म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रियालगत्तै आरजुको राजनीतिक दौड शुरु भएको देखिन्छ ।

यसअघि भाजपाकै निम्तोमा जानुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली दूतावासमा उहाँको भेट भएको थियो । उक्त भेटलाई लिएर विभिन्न राजनीतिक अड्कलबाजी समेत भएका थिए ।

चौथाईवालेलाई उहाँले गत वर्ष जनैपूर्णिमाको दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखी बाँधिदिएर उहाँले पारिवारिक नाता गाँस्नुभएको थियो ।

टिप्पणीहरू