अन्तर्राष्ट्रिय युवा दिवसमा गजल प्रतियोगिता

अन्तर्राष्ट्रिय युवा दिवसमा गजल प्रतियोगिता

राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गजल प्रतियोगिताको आयोजना गर्ने भएको छ । ‘इन्टरनेशनल सोलिड्यारिटीः क्रिएटिङ अ वर्ल्ड फर अल एजेज’ भन्ने नाराका साथ साउन २५ गते गजल प्रतियोगिता गर्न लागिएको हो ।

गजल विशुद्ध नेपाली भाषामा लेखिएको र बढीमा सात सेर, न्यूनतम मापदण्ड र मान्यताको पालना गरिएको, युवा लक्षित, अन्तरपुस्ता ऐक्युबद्धता, राष्ट्रप्रेम र समृद्धिको विषयमा आधारित हुनुपर्ने परिषद्ले जनाएको छ ।

समाजमा उत्तेजना फैलाउने खालका रचना स्वतः अस्वीकृत हुने जनाइएको छ । त्यस्तै, कुनै मिडिया वा सञ्चारमाध्यममा छापिएको गजल पनि वाचन गर्न पाइने छैन ।

साउन २० गतेभित्र परिषद्को इमेल ठेगानामा रचना पठाउन भनिएको छ । उत्कृष्ट ३० गजललाई वाचनका लागि छनोट गरिनेछ । युवा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रतियोगी आफंैले गजल वाचन गर्नुपर्नेछ ।

प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विजेतालाई क्रमशः ४०, ३०, २० र १० हजार रुपैयाँ पुरस्कार तोकिएको छ ।

टिप्पणीहरू