गहुँ र चिनी पठाइदिन भारतसँग अनुरोध

गहुँ र चिनी पठाइदिन भारतसँग अनुरोध

भारतसँग वार्षिक अरबौँको व्यापार घाटा व्यहोरिरहेको नेपाल सरकारले गहुँ र चिनीको आयात सहज बनाइदिन आग्रह गरेको छ । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत त्यहाँको समकक्षी मन्त्रालयलाई हिजो पत्राचार गर्दै निर्यात सहजीकरण गर्न अनुरोध गरेको हो ।

नेपाल चिनी र मैदामा भारतसँग निर्भर छ । भारतले गत वैशाख ३० गतेबाट गहुँ र चिनीको निर्यातमा रोक लगाएको थियो । यसकारण चाउचाउ, बिस्कुट, पास्ता जस्ता मैदाजन्य उत्पादन प्रभावित भएको भन्दै नेपाली मैदा उद्योगीहरुले गहुँको आयात खुलाउन माग गर्दै आएका थिए ।

यता, भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा त्यसको प्रभाव पर्ने सम्भावना छ । आन्तरिक उत्पादनले मात्रै खपत धान्न नसक्ने भएकाले चिनी अभाव तथा चर्को मूल्यवृद्धि हुनसक्ने भन्दै चिन्ता व्यक्त भइरहेका बेला सरकारले भारतसँग प्रतिबन्ध खुलाइदिन आग्रह गरेको हो ।

टिप्पणीहरू