अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच २ घण्टा १७ मीनेट फोनवार्ता

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच २ घण्टा १७ मीनेट फोनवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिनफिङ्गबीच लामो फोन वार्ता भएको छ । फोन सँवाद दुई घण्टा १७ मीनेटसम्म चलेको थियो ।

दुई नेताबीच पछिल्लो चार महिनामा भएको यो नै पहिलो प्रत्यक्ष कुराकानी हो । वार्तामा दुई देशबीचको पछिल्लो सम्बन्धबारे कुराकानी भएको बताइएको छ । तर,यथार्थमा अमेरिकी अर्थतन्त्रमा आएको मन्दीपछि चीनसँग सम्बन्ध सुधार्न बाइडेन प्रशासनले फोन कूटनीति अपनाएको बताइएको छ ।

उहाँहरुबीच युक्रेन युद्ध, अमेरिकाले चिनियाँ सामानमा लगाएको चर्को भन्सारलगायत विषयमा कुरा भएको बुझिएको छ । कुराकानीमा अमेरिकी संसद कँग्रेसकी सभामुख नेन्सी पोलिसीको सम्भावित ताइवान भ्रमणबारे पनि बाइडेनले कुराे उठाएकाे अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यता चीनले अमेरिकालाई ताइवानलगायतका विषयमा दायाँबायाँ नगर्न चेतावनी दिँदै ‘आगोसँग खेल्दा आफैं जलिने’ उदाहरण दिँदै आएको छ ।

कोरोना महामारीपछि विश्व अर्थतन्त्रमा मन्दी देखिएको छ । यसबाट चीन पनि अछुतो छैन । तर,अमेरिकामा सबैभन्दा धेरै मन्दीको लक्षण देखिन आँटेकाले फोन वार्ताबाट अर्थतन्त्र उकास्न पहल गरिएको अनुमान लगाइएको हो ।

चालु वर्षको दोस्रो त्रयमासमा आइपुग्दा अमेरिकी अर्थतन्त्रमा मुद्रास्फिती बढेको छ । कूल गार्हस्थ्य उत्पादनमा ० दशमलव २ प्रतिशतले कमि आएको छ ।

टिप्पणीहरू