नेपालमा बाघको संख्या बढ्यो

नेपालमा बाघको संख्या बढ्यो

मुलुकभर बाघको संख्या ह्वात्तै बढेको छ । एक दशकअघिको तुलनामा अहिले बाघको संख्या दोब्बर भएको हो ।

आज विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समितिद्धारा आयोजित कार्यक्रममा बाघको पछिल्लो संख्या बताइएको छ । जसअनुसार मुलुकमा बाघको संख्या तीन सय ५५ पुगेको छ । सन २००९ मा एक सय २१ बाघ रहेको नेपालले बाघको संख्या यसबीचमा दोब्बरले वृद्धि गरेको पाइएको छ ।

योसँगै नेपाल बाघको संख्या दोब्बर बनाउने पहिलो मुलुक बनेको छ । सन् २०१३ मा बाघको संख्या एक सय ९८ र २०१८ मा दुई सय ३५ थियो । नेपालले दुई सय ५० बाघ पुर्याउने लक्ष्य राखेकोमा त्योभन्दा बढी बनाउन सफल भएको हो ।

सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको जनाइएको छ । त्यहाँ एक सय २८ वटा छन् । त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ बाघ छन् ।

लोपोन्मुख वन्यजन्तु बाघको संरक्षणका लागि सन् २०१० मा थालिएको अभियानले विश्वभर सन् २०२२ सम्म विश्वमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखिएको थियो ।

टिप्पणीहरू