धरानका मेयर हर्क साम्पाङ्ग भन्छन् : पार्टीमा जान्न,भोज पनि खान्न
धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले जनताको काम छाडेर भोजभतेरमा नजाने बताएका छन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै शुभचिन्तकहरुलाई पार्टीको निम्तो नगर्न भनेका हुन् ।
मेयर बनेपछि सामाजिक सञ्जालमा निकै सक्रिय रहेका दलले लेखेका छन्, ‘कृपया मलाई भोजभतेर पार्टीमा निम्तो नगर्नु ! म आउँदिन ! बेकारमा मन खिन्न हुन्छ ! मैले अपमान गरेको होइन तर म आउँदिन !’
आफूलाई विजयी गराउने धराने मतदातालाई खानेपानीको राम्रो जोहो गर्ने उद्देश्यले फिल्डमा खटिइरहेका मेयरले सँधै पानीको मात्रै कुरा गर्ने गरेका छन् । धरानमा प्रशस्त खानेपानी ल्याएपछि मात्रै आफूले भोज खाने उनले अनौपचारिक कुराकानीमा बताएका हुन् ।
यसअघि उनले आफ्नो सुविधाको लागि प्राप्त महँगो जीप बेचेर सडकको खाल्डाखुल्डी पुर्न र पिचमा प्रयोग हुने रोलर किन्ने प्रस्ताव नगर समितिको बैठकबाट पास गराएका थिए ।
टिप्पणीहरू