हेटौंडामा पानी सित्तैं

हेटौंडामा पानी सित्तैं

हेटौंडा उपमहानगरपालिकाले नगरवासीलाई सित्तैंमा पानी खुवाउने भएको छ । उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउन लागेको हो ।

खानेपानी सम्बन्धी नयाँ कार्यविधीमा १० हजार लिटरसम्म पानी उपभोग गर्ने ग्राहकसँग रकम नलिने भनिएका छ । सोभन्दा बढी पानी उपभोग गरेमा मात्रै महशुल तिर्नुपर्ने छ ।

यसबाट झण्डै २३ हजार पाँच सय घरधुरी लाभान्वित हुने उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने उनको भनाइ छ ।

यसवापत उपमहानगरले बोर्डलाई वार्षिक दुई करोड ३९ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्नेछ ।

टिप्पणीहरू