रवीन्द्र मिश्रको विवेकशीलमा अर्को पहिरो,कार्यालय प्रमुखले छाडे साथ

रवीन्द्र मिश्रको विवेकशीलमा अर्को पहिरो,कार्यालय प्रमुखले छाडे साथ

विवेकशील साझा पार्टीका कार्यालय प्रमुख दीपकप्रसाद उप्रेतीले राजीनामा दिएका छन् । केन्द्रीय सदस्यसमेत रहेका उप्रेती केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति समेत थिए ।

उप्रेती विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दै पर्ख र हेरको अवस्थामा बसेका थिए । २०७५ फागुनमा औपचारिक सदस्यता लिएका उनी मध्यपूर्वका निम्ति सद्भाव समूहको संयोजकसमेत बनेका थिए । उनी २०७७ असोजमा विवेकशील साझा पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।

केन्द्रीय सदस्य नियुक्त भएसँगै केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समिति सभापतिको जिम्मेवारी सम्हालेका उनी पार्टीभित्र चुलिँदो आन्तरिक विवादमा कतै पनि नखुली तटस्थ बसेका थिए ।

पछिल्लो समय राष्ट्रिय दलबाहेक अन्य पार्टीले स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिन्ह नपाउने कानुनी प्रावधानविरुद्ध ३८ दलको मोर्चा बनाएर संघर्षमा उत्रेका थिए ।

उनले पार्टीको आन्तरिक कलहको बाबजुद अन्तिम समयमा स्थानीय तह निर्वाचनमा लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा लडेका थिए ।

चुनावपछि आन्तरिक विवाद झनै पेचिलो बन्दै गएको र निर्वाचनमा पार्टीले नराम्रो हार व्यहोर्नु परेको भन्दै अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । लामो समयसम्म नयाँ अध्यक्ष नियुक्त नहुनु र पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका उप्रेतीको राजीनामाआउनुलाई अर्थपूर्ण मानिएको छ ।

टिप्पणीहरू