थुनिएकी युवतीलाई मध्यराती निकालेर बलात्कार गर्ने असईविरुध्द मुद्दा दर्ता
प्रहरी हिरासतमा रहेकी एक युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयका असई प्रवीण चौलागाईँलाई करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
यसअघि नै निलम्बनमा परेका उनीविरुध्द आज मुध्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार निलम्बित असई चौलागाईँलाई प्रहरी अनुसन्धानमा दोषी देखिएपछि करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
११ साउन गते बहुविवाहको आरोपमा थुनिएकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका चौलागाईँले आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
बाँके प्रहरीले चौलागाईँलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ । हिरासतमा रहेकी ती महिलाले आफूलाई राति २ बजे बोलाएर कोठामा लगी यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएको आधारमा अनुसन्धान थालिएको हो ।
टिप्पणीहरू