मुख्यमन्त्री दम्पत्तिलाई कोरोना

मुख्यमन्त्री दम्पत्तिलाई कोरोना

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई दाम्पत्तिसहित तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईलाई संक्रमण भएको हो ।

मुख्यमन्त्रीका सचिवालयका १६ जनामा हिजो पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये तीन जनामा कोरोना देखिएको हो ।

कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्रीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ । संक्रमित तीनै जना अहिले होम आइसोलेसनमा बसेका छन् ।

टिप्पणीहरू