दार्जिलिङका क्षेत्रीले पुल्चोकमा पासो लगाए

दार्जिलिङका क्षेत्रीले पुल्चोकमा पासो लगाए

ललितपुरमा एक जना मृत भेटिएका छन् । भारतको दार्जिलिङ घर भई हाल पुल्चोक बस्दै आएका ६२ वर्षीय रामबहादुर क्षेत्री आज मृत फेला परेका हुन् ।

ललितपुर जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक अगुंर जिसीका अनुसार घाँटीमा पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा शव फेला परेको हो । हिजो बिहानदेखि कोठामा सुनसान भएको र सोही घरमा बस्नेहरुले बोलाउँदा नबालेपछि आज बिहान प्रहरीलाई खबर गरिएको थियो ।

लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले क्षेत्रीलाई मृत अवस्थामा फेला पारेको हो । शव पोष्टमार्टमको निम्ति पाटन अस्पताल लगिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू