मुम्बई उड्न ठिक्क परेको जहाजमा शंकास्पद वस्तु,दुई यात्रु गिरफ्तार
काठमाडौंबाट मुम्बई जान जान लागेको नेपाल एयरलाइन्सको विमानमा शंकास्पद वस्तुसहित यात्रु चढेको सूचनापछि उडान रोकिएको छ । प्रहरीले तत्काल उडान रोकेर यात्रु र विमानभित्र चेक जाँच गर्ने क्रममा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ ।
आज दिउँसो मुम्बई जान लागेको नेपाल एयरलाइन्सको उडान नम्बर आरए ३२० मा शंकास्पद वस्तुसहित यात्रु चढेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि उडानका सबै प्रक्रिया रोकेर प्रहरीले चेक जाँच गर्ने क्रममा एक जना महिला र एक जना पुरुष यात्रु समातिएका छन् ।
प्रहरीले पासपोर्ट नम्बर ०९८२६१०३ का छविलाल खत्री र ११५२४२९६ की मीना लामिछानेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । एक सय ४१ यात्रु रहेको विमानमा शंकास्पद वस्तुबारे केही बताइएको छैन ।
टिप्पणीहरू