सशस्त्रको सरुवामा फेरि सुपक्षेलाई स्वाद
नेपाल प्रहरीको सरुवा,बढुवाजस्तै सशस्त्रले हालै गरेको अधिकांश उलट पुलटमा पनि त्यही नियती दोहोरिएको छ । हिजो राती भएको ४२८ जना इन्स्पेक्टरको सरुवा पछिल्लो प्रमाण हो । पश्चिम नेपालको महत्वपूर्ण भन्सार मानिएको नेपालगञ्ज,जमुनाहा नाका इन्चार्जमा रोशन जोशीलाई लगिएको छ ।
उनी कञ्चनपुरको बेलौरी भन्सारमा १८ महिना बस्दा राजश्व खासै नउठाएवापत पुरस्कृत भएर बिओपी इन्चार्ज टु अर्को भन्सार नाका इन्चार्जमा लगिएका हुन् । सामान्य ढंगले हेर्दा कञ्चनपुर जिल्लाबाट बाँके जिल्ला सरुवा गरिएको देखिए पनि यो भनेको मालदार ठाउँमा पुरस्कारसहितको पोष्टिङ हो ।
सरुवामा कर्मचारी प्रशासन विभागमा रहेका सुदूरपश्चिमकै नन्द साउदको राम्रै चलखेल रहेको देख्नेहरु उपत्यका बाहिनीमा थुप्रै छन् । त्यसरी दुखेसो पोख्नेमध्ये एक जनाले बताए,‘सुपका जति सबैलाई मुख्य भन्सार कार्यालयमा लगिएको छ । हामी हेरेको हेर्यै छौं ।’
टिप्पणीहरू