एक नम्बरमा दल दर्ता गरेपछि सीके राउतले थाले राजनीतिक भेटघाट
निर्वाचन आयोग पुगेर एक नम्बरमा दल दर्ता गराएसँगै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजनीतिक भेटघाट तीब्र पारेका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका हुन्।
आज भएको भेटमा आगामी निर्वाचनमा तालमेल गर्नेबारे छलफल भएको बताइएको छ । जसपा र लोसपाबाहेक अन्य मधेशकेन्द्रित दलसँग पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मिलेर जानेबारे जनमत पार्टीले छलफल गरिरहेको बताएको छ।
राउतले सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । उक्त क्षेत्र जसपा अध्यक्ष यादवको निर्वाचन क्षेत्र हो ।
टिप्पणीहरू