बाको हातबाट डोरो बाँध्न महिला कार्यकर्ता बालकोटतिर
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट डोरो बाँध्न आज बालकोटमा केही महिला पुगेका छन् । रक्षाबन्धनको दिन बाको हातबाट डोरो बाँधिएको पूर्वराजदूत लक्की शेर्पाले फेसबुकमा लेखेकी छन् ।
उनीसँगै रक्षा बन्धन अर्थात् डोरो बाँध्न अरु महिला पनि पुगेको बताइन्छ । सामान्यतयाः रक्षाबन्धन गुरुपुरोहितबाट बाँधिन्छ । तराईको परम्परामा राखी दाजुभाइलाई दिदीबहिनीले लगाइदिन्छन् ।
तर अरु बेलामा बाले छोरीहरुलाई टिकाटालो गरे पनि हिन्दू परम्परामा डोरोचाहिँ गुरु पुरोहितले नै बाँध्ने धार्मिक मान्यता र परम्परा छ ।


फोटो स्रोत : लक्की शेर्पाको फेसबुक
टिप्पणीहरू