कर्णालीका पर्यटनमन्त्रीको शपथको साइत जुर्यो

कर्णालीका पर्यटनमन्त्रीको शपथको साइत जुर्यो

कर्णाली प्रदेशका नवनियुक्त उद्योग, पर्यटन,वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । शपथ अहिले बिहान ११ बजेलाई तय गरिएको छ ।

गत बिहीबार मन्त्री बनेका उनलाई अदालतको आदेशपछि रोकिएको थियो । समावेशी आधारमा मन्त्रिपरिषद् गठन नभएको भन्दै अदालतमा मुद्दा परेकोमा अदालतले समावेशी बनाउन आदेश दिएको हो ।

यसअघि माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेका गैरसांसद कार्चेन लामाको छ महिने कार्यकाल सकिएपछि सांसद शाहीलाई मन्त्रीमा सिफारिस गरिएको थियो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ति,हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा बोलाएका छन् ।

टिप्पणीहरू