बहादुर भवनलाई अब चुनाव गर्न १० अर्ब बजेट

बहादुर भवनलाई अब चुनाव गर्न १० अर्ब बजेट

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरिएको निर्वाचन आयोगले बताएको छ ।

चुनावी तयारीका विषयमा छलफल गर्न आज आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त दिनेशकुमार थपलियाले १० अर्ब खर्चको हिसाब सुनाउनु भएको हो ।

स्थानीय तहको निर्वाचनभन्दा यसपटक मतदानस्थल,मतदान केन्द्र र मतदाता बृद्धि हुने भएकाले खर्च बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । स्थानीय तह चुनावको तुलनामा संघीय र प्रदेशको निर्वाचनलाई अझ शान्तपूर्ण रुपमा सम्पन्न गराउने तयारी गरिएको पनि थपलियाले उल्लेख गर्नुभएको छ ।

निर्वाचन आयोगका अनुसार हाल करिब एक करोड ८२ लाख मतदाता रहेका छन् । करिब १० लाख ८२५ मतदानस्थल र अस्थायीबाहेक २२ हजार पाँच सय मतदान केन्द्र छन् ।

टिप्पणीहरू