दुई दिनको जिन्दगानी,पशुपतिमा खरानी

दुई दिनको जिन्दगानी,पशुपतिमा खरानी

हरेक दिन झैं पशुपति मन्दिरमा हिजो शनिवार पनि उत्तिकै भीड देखिन्थ्यो । बगिरहेको बागमतीमा छरपस्ट सूर्यका किरणहरुले गङ्गा नै टल्किरहेको थियो । कोही भगवानको ध्यानमा मग्न थिए । कोही रमिता हेर्दै थिए,त कोही भने बागमती किनारको घाटमा लाशतिर हेर्दै आँशु टिलपिल पारेर भन्दै थिए, "हेर मान्छेको चोला !"



घाटमा दन्किरहेको चिता नियाल्दै एक बूढी आमा भन्दै थिइन्, "बाँचुन्जेल यो मेरो,त्यो मेरो भन्यो । मरेपछि आगोमा खरानी  ।" त्यसै माथि आमासँगै बसेकी एक महिला थप्दै थिइन् " हो नि है, बाँचुन्जेल सानो जात ,ठू लो जात भन्दै छोएको पनि खाँदैनन् । आखिर मरेपछि यी सबै यस्तै आगोमा जल्नुपर्ने होइन  त ? आखिर जल्दै गर्दा धुवा उस्तै आउने हुन् ।बाँचुन्जेल मपाइँत्व देखाउनु बेकार छ ।"

बागमती किनारको माथिल्लोतिर भने एक साधु बसिरहेका थिए । आफूलाई साधुभन्दा पनि बाबा भन्न रुचाउने उनी भन्थे, "जीवन मेला हो । एकपटक आउँछ,अर्को पटक आउँदा फरक भएर आउँछ । तर,त्यही मेला फेरि दोहोरिएर आउँछ भन्ने निश्चितचाहिँ  छैन। त्यसैले एक पटकको मेलामा जसले राम्रोसँग रम्न सक्छ ऊ नै महान हुन्छ । "

 

टिप्पणीहरू