बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान

बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान

बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । पुस २५ गते दिउँसो ४ बजेसम्मको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि बहुमत दलको समर्थनमा दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले भनेको छ । 

आज विज्ञप्ति जारी गर्दै  संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेश गर्न भनिएको छ । 

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९–९–२५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान भएको अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू