देउवा भेट्न किन गए उपेन्द्र ?

देउवा भेट्न किन गए उपेन्द्र ?

नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले सत्ता साझेदार दलका एक शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ । माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै सत्ता राजनीतिबाट बाहिरिनुभएका देउवाले आज बिहान जसपा अध्यक्ष उपेन्द्र यादवलाई आफ्नै निवासमा बोलाएर भेट्नुभएको हो । 

देउवा भाडामा बस्दै आएको धुम्वाराहीस्थित निवासमा उहाँहरुबीच करिब एक घण्टा भेटवार्ता भएको हो । देउवा भेट्न पौने १२ बजेतिर पुग्नुभएका यादव पौने १ बजेको हाराहारीमा त्यहाँबाट बाहिरिनुभएको थियो। 

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारीका साथ राजनीतिक भेटघाट तीब्र पारेका बेला शर्तसहित सरकारलाई समर्थन गरेको जसपाका अध्यक्षले प्रतिपक्ष दलका नेतालाई भेट्नु अर्थपूर्ण मानिएको छ । जसपाले समर्थन जनाएपनि सरकारमा गएको छैन भने काँग्रेसका शीर्ष तहका केही नेताहरुले एमाले-माओवादी नेतृत्वको सात दलीय गठबन्धन लामो समय नजाने दावी गर्दै आएका छन् ।
 

टिप्पणीहरू