विप्लवका विद्यार्थीलाई स्ववियु चुनावको तालिम

विप्लवका विद्यार्थीलाई स्ववियु चुनावको तालिम

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संबद्ध अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनबारे विशेष प्रशिक्षण चलाएको छ । क्रान्तिकारीको बागमती प्रदेश कमिटीले काठमाडौँको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो । 

विद्यार्थी फ्याक्सन इञ्चार्ज तथा विप्लव समूहका स्थायी कमिटी सदस्य चिरन पुन मगर, केन्द्रीय अध्यक्ष प्रकाश शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र विक, महासचिव ललित विक, उपत्यका क्याम्पस प्रमुख तारा सन्जेललगायतले हिजो प्रशिक्षण दिएका हुन् । 

क्रान्तिकारीले स्ववियु निर्वाचनमा सहभागी हुने तयारीका साथ प्रशिक्षण चलाएको त्यहाँ सहभागी एक विद्यार्थी नेताले जानकारी दिए । तर, मातृ पार्टीले आमचुनाव बहिष्कार गरेकाले विद्यार्थीको चुनावमा पनि भाग लिन नहुने मतसमेत रहेको बताइन्छ ।  

प्रशिक्षणमा करिब ४० जना विद्यार्थीको उपस्थिति रहेको जनाइएको छ । १४ वर्षपछि स्ववियु चुनाव आगामी चैत ५ गते गर्ने तयारी छ ।

टिप्पणीहरू