देउवालाई मात्रै कति दिनु दोष !

देउवालाई मात्रै कति दिनु दोष !

कांग्रेस सभापति शेरबहादुर देउवा सत्ताका निम्ति लोभीपापी होलान्, बोली नबुझिने होलान् तर उनले आफू बालुवाटारबाट धुम्बाराहीको डेरातिर लखेटिनुपरेबापत कसैलाई सत्तोसराप र धारे हात लगाएको देखिन्न ।

मुखैमा आएको सत्ताबाट केपी ओलीले ढाँट्दै, छल्दै, कानमा आश्वासनको चिनी हाल्दै बाहिर निकाले पनि देउवाले कसैलाई नानाभाँती आरोप र सत्तोसराप गरेका छैनन् । बरु प्रचण्डलाई गाली नगर, हाम्रै गल्ती छ भन्दै नेता–कार्यकर्तालाई सम्झाउन तम्सेका छन् । यसले सद्भाव र सहिष्णुताको नमुना कायम गरेको छ ।

ओली, प्रचण्ड र माधवकुमार नेपालहरू एकअर्काबाट अलगिएका बखत गत हप्तासम्मका श्रव्यदृश्यको क्लिप हेर्ने हो भने कम्युनिष्ट नेताहरू शालीन, सभ्य र सहिष्णु लाग्दैनन् । गालीगलौज नगर्दा पनि त हुन्छ नि भन्ने कुरा अन्य नेताले शेरबहादुर देउवाबाट सिक्नुपर्ने भएको छ भलै उनी मूर्ख र लोभीपापी नै किन नठहरियून् !
 

टिप्पणीहरू