सर्वोच्चमा नाडी छाम्न थालियो

सर्वोच्चमा नाडी छाम्न थालियो

सर्वोच्च अदालतमा स्थापना गरिएको हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सर्वोच्चमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र अस्पतालका प्रमुख डा.भूपेन्द्रकुमार बस्नेतले डेस्कको उद्घाटन गर्नुभएको हो ।

डा. बस्नेतले कुँवरको रक्तचाप जाँचेर हेल्थ डेस्क सञ्चालनमा ल्याउनुभएको बताइएको छ । हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान १० देखि २ बजेसम्म हेल्थ डेस्क सञ्चालन हुने अस्पतालले जनाएको छ ।

टिप्पणीहरू