नागरिकता प्रकरणमा रवि लामिछाने दोषी ठहर,विदेशको त्याग्दैमा स्वतः नेपाली कायम नहुने

नागरिकता प्रकरणमा रवि लामिछाने दोषी ठहर,विदेशको त्याग्दैमा स्वतः नेपाली कायम नहुने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको दोहोरो नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनले प्रक्रिया पूरा नगरेको ठहर्याएको छ । उक्त ठहरसङ्गै ०५० सालकै नागरिकताका आधारमा २ र १ महिने मन्त्री र सांसद पद खेर गएको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले अस्ति बुधवार र आज भएको बहसपछि यस्तो आदेश दिएको हो ।

यसअघि मुद्दाको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरुले लामिछानेले नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै पूरा नगरेको तर्क गरेका थिए । मुद्दाको विपक्षमा रहेका कानुन व्यवसायीहरुको चाहिँ अमेरिकी नागरिकता त्यागेपछि लामिछाने स्वतः नेपाली नागरिक कायम हुने जिकिर थियो ।

असोजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेजीको माग दाबीसहित सर्वोच्चमा रिट परेको हो । अमेरिकी नागरिकता लिँदा उनको नेपालको नागरिकता कायम नरहेको र नेपाल फर्केपछि यहाँको नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै रिट निवेदकहरुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

अदालतमा आफूविरुद्ध मुद्दा विचाराधीन रहेको र प्रहरीमा थप अनुसन्धानको प्रक्रिया चलिरहँदा उनी गत पुस ११ गते उपप्रधानसहित गृहमन्त्री बनेका थिए । अदालतको फैसलासँगै लामिछानेको सांसद, मन्त्री र सभापति पद एकैचोटी गएको छ । 

टिप्पणीहरू