अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थानमा सर्भर डाउन

अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थानमा सर्भर डाउन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको सर्भरमा समस्या आएपछि  उडान प्रभावित भएको छ।

आज मध्याह्नदेखि अध्यागमनको सर्भर डाउन भएपछि नेपालबाट भारतलगायत अन्य ठाउँ जाने  यात्रु अलपत्र परेका हुन् । समस्या आएपछि आगमनतर्फका २००/२५० जनाले होहल्ला गर्न समेत थालेको बताइएको छ।

आगमन र प्रस्थानमा सर्भर डाउन सर्भरमा समस्या आएकोले नेपाली र भारतीय नागरिक तथा अन्य नागरिकलाई पनि फोटो खिचेर सम्पुर्ण विवरण टिपेर    प्रस्तान   गराईएको बताइन्छ ।
अध्यागमन कार्यालयका अनुसार विभागको सर्भरमा पटक पटक समस्या देखिँदै आएको छ।
 

टिप्पणीहरू