दाजुभाई दुबै नक्कली नोट र लागुपदार्थ कारोबारमा संलग्न

दाजुभाई दुबै नक्कली नोट र लागुपदार्थ कारोबारमा संलग्न

झापामा नक्कली नोट र ब्राउन सुगर कारोबारमा संलग्न दाजुभाई समातिएका छन् । प्रहरीले उनीहरुलाई बिर्तामोडबाट नक्कली नोट र लागुऔषधसहित पक्रेको बताइएको छ ।

आज दिउँसो बिर्तामोड ४ बाट नक्कली नोट र लागु औषध ब्राउन सुगरसहित दाजुभाइलाई नियन्त्रणमा लिइएको हो । स्थानीय २४ बर्षीय सुवास ताजपुरिया र उनका भाई १९ वर्षीय प्रवीण ताजपुरीया प्रहरी हिरासतमा पुगेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपान २८ ट्याबलेट र नक्कली नेपाली रुपैयाँ एक हजार दरको ८८ थान, पाँच सय दरको नोट २ थान, अष्ट्रेलियाली डलर एक सय दरको ३ थान, अन्य विदेशी मुद्रा ११ थान बरामद गरेकोे इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

टिप्पणीहरू