युक्रेन युद्ध अन्त्य गर्ने चिनियाँ प्रस्तावमाथि अमेरिकाको फरक मत

युक्रेन युद्ध अन्त्य गर्ने चिनियाँ प्रस्तावमाथि अमेरिकाको फरक मत

रुसको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिनपिङले युक्रेन युद्ध अन्त्य गर्ने प्रस्ताव राख्नुभएको छ । हिजो मस्को पुगेपछि साँझ रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्तामा सिले उक्त प्रस्ताव गर्नुभएको बताइएको छ ।

चीनको प्रस्तावलाई पुटिनले सम्मानका साथ हेरेको प्रतिक्रिया दिएका छन् । तर अमेरिकाले भने चीनको उक्त प्रस्तावलाई शान्ति योजना रोक्ने रणनीति भन्दै दुई दिन अगावै आफ्नो धारणा सार्वजनिक गरेको थियो । विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले गत शुक्रबार भनेका थिए, ‘चीन वा अन्य कुनै देशको समर्थनमा रुसको कुनै पनि रणनीतिक कदमलाई समर्थन गर्न सकिँदैन ।’ 

चीनले गत महिना युक्रेन युद्ध अन्त्यका लागि एउटा योजना विश्व समुदायसमक्ष प्रस्तुत गरेको थियो । त्यसमा शत्रुताको अन्त्य र शान्ति वार्ता पुनः सुचारु गरिने उल्लेख थियो ।
 

टिप्पणीहरू