धेरै स्थानमा वर्षा, उच्च भेगमा हिमपात

धेरै स्थानमा वर्षा, उच्च भेगमा हिमपात

अस्तिदेखि मुलुकका धेरै स्थानमा वर्षा भएको छ । हिजो दिउँसो, गए राति र आज दिउँसो पनि अधिकांश स्थानमा वर्षा भएको जनाइएको छ ।

राजधानी काठमाडौंमा तीन दिनदेखि वर्षा भइरहेको छ । उता ताप्लेजुङको पाथीभरा क्षेत्रमा यो वर्ष दोस्रो पटक हिमपात भएको छ । उच्च भेगमा दुई फिटसम्म हिउँ परेको बताइएको छ । ताप्लेजुङका अधिकांश स्थानमा वर्षा र हिउँ परेको छ । पूर्वका तेह्रथुम, संखुवासभामा पनि वर्षा र हिमपात भएको छ ।

उता हुम्लामा पनि तेस्रो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि हिमपात हुँदा कृषकहरु खुशी भएका छन् । तर, चीसो अत्यधिक बढेकाले सर्वसाधारणले असहज महशुस गरेका छन् ।

टिप्पणीहरू