दरबारमार्गबाट दौडिएकामध्ये नेपाली सेनाका मुकेश सबैभन्दा अगाडि

दरबारमार्गबाट दौडिएकामध्ये नेपाली सेनाका मुकेश सबैभन्दा अगाडि

आज राजधानीमा वीर गणेशमान सिंह सडक दौड प्रतियोगिता आयोजना गरिएको छ । दरबारमार्गबाट दौडिएका धावकहरु १० किलोमीटर परसम्म पुगेका हुन् ।

चौथो वीर गणेशमान सिंह १० किलोमीटर सडक दौड प्रतियोगितामा नेपाली सेनाका मुकेश पाल प्रथम भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी एवम् अन्य गरी झण्डै एक सय जनाको सहभागिता रहेको बताइन्छ ।

नेपाली काँग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बलका गोपी चन्द पार्की र नेपाली सेनाकै दीपक अधिकारी तृतीय भएका छन् ।

टिप्पणीहरू