केन्द्राध्यक्षको कमजोरीका कारण एसइइको प्रश्नपत्र १५ मीनेटमै आउट

केन्द्राध्यक्षको कमजोरीका कारण एसइइको प्रश्नपत्र १५ मीनेटमै आउट

एसइइ  परिक्षा शुरु भएको १५ मीनेटमै बाराको एक विद्यालयबाट प्रश्नपत्र बाहिरिएको छ।

कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाहा माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो । 

परीक्षा केन्द्रका केन्द्राध्यक्षले ब्यवस्थापन राम्रोसँग नगरेकोले सो समस्या आएको बताइएको छ। अहिले  सञ्जालमा प्रश्नपत्रको तस्बिर जताततै  छरपस्ट छ।

टिप्पणीहरू