सडकमा फोहोर फाल्नेलाई महानगरपालिकाले तिरायो जरिवाना

सडकमा फोहोर फाल्नेलाई महानगरपालिकाले तिरायो जरिवाना

वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गरेको छ । सडकमा फोहोर फाल्नेलाई महानगरपालिकाले जरिवाना तिराएको बताइएको छ । बाईपासका सञ्जय जसवाल र माईस्थान रोडका अनिल शाक्यलाई एक–एक हजार रुपैयाँ जरिवाना गराएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाका अनुसार उनीहरुले घरबाट निस्किएको फोहोर सडकपेटीमा ल्याएर फालेका थिए । आफ्नो घर र संघ संस्थाबाट निस्किएको फोहोर सडकमा ल्याएर फ्याँक्ने क्रम बढेपछि कारबाहीस्वरुप जरिवाना तिराइएको महानगरपालिकाको भनाइ छ । 

पछिल्लो समय वीरगञ्जलाई सुन्दर बनाउन विभिन्न अभियान अघि बढाइएको छ । महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई सम्झाउने, बुझाउने र नटेरेको खण्डमा जरिवाना तिराउने गरेको बताइएको छ ।

टिप्पणीहरू